Posts

बोलेका शब्दहरु फिर्ता हुँदैनन् –नेपालीमा छोटो लघुकथा

Image
एक समयको कुरो हो, एकजना व्यक्तिको आफ्ना छिमेकीसँग कुनै मामलामा बहस पर्‍यो । बहस चलिरहँदा त्यतिकैमा उनले आफ्नो छिमेकीलाई केही नराम्रो शब्दहरू भनिदिए । तर केही समय पछि उनलाई आफ्नो गल्तीको महसुस भयो । उनले एक संत गुरुकहाँ पुगेर आफुले छीमेकीलाई बोलिपठाएका ती नराम्रा शब्दहरू कसरी फिर्ता लिन सकिन्छ भनेर राय मागे । ती संतगुरुले उनका हातमा प्वाँखहरुले भरिएको एउटा झोला थमाइदिए, र ऊनलाई  भने "गएर यी प्वाँखहरु यो सहरका फरक-फरक स्थानमा राखेर आउनु ।"  पश्चतापी मनको बेचैनीमा ऊनी तुरुन्तै आफ्नो बाटो लागे, र गुरुले भने अनुसार ती प्वाँखहरु सहरका विभिन्न ठाउँहरुमा राखेर फेरि तिनै गुरुकहाँ फर्की गए । अनि ती संत गुरुले उनलाई भने "गएर ती सबै प्वाँखहरु एकठाउँ बटुली लिएर आउनु" उनी फेरि ती प्वाँखहरु बटुल्न हीँडे, तर उनले कुनैपनी प्वाँखहरु पाउन सकेनन् । जब खालीहात उनी गुरुकहाँ पुगे तब सतं गुरुले उनलाई त्यो यथार्थ बताइदिए की, कतिपल्ट हामिले बोलेका शब्दहरू ती प्वाँखहरुजस्तै हुन्छन् जोहरु फिर्ता हुन सक्दैनन् ।  मोरल: धेरपटक हामीले आफ्नो बोलीलाई काबुमा राख्न नसकेर खराब र अनुचित शब्द वा वाक्यहरु

स्वार्थी चतुर्‍याँइले झन् खराबी निम्त्याउँछ–नेपालीमा जोक

Image
एक जना डक्टर, एक बुद्धिजीवी, एकजना बालक र एकजना फादर (प्रीस्ट) कुनै विदाकाे दिनमा एउटा सानाे निजी विमानमा यात्रा गरीरहेका थिए । तब अचानक प्लेनले इन्जिनमा खराबी भएकाे संकेत देखायाे । पाइलटकाे सक्दाे काेसिसकाे बावजुद पनि समस्याको समाधान  नभएर प्लेन आकाशबाट तल खस्न थल्याे । अन्तत पाइलटले प्यारासुट लिए र प्यासेन्जरहरुलाई कराउँदै तपाइहरु पनि जतिस्क्दो छिटो प्यारासुट लिएर हाम्फाल्नुहोस् भनेर आफु चाही तुरून्तै हाम्फाली हाले । दर्भाग्यबस त्यहाँ अब तिनवटा मात्र प्यारासुटहरू बाँकी थिए । तब डक्टरले पनि एउटा प्यारासुट समातेर भने, "म त डक्टर हुँ जसले मानिसको जीवन बचाँउछ, त्यसैले मत बाँच्नु पर्छ" तब उनी पनि हाम फाले । त्यसपछी अर्का ज्ञानी व्यक्तिले भने, "म त बुद्धिजीवी पाे हुँ, यदि म मरेँ भने अज्ञानीहरुलाई ज्ञान कसले दिने त्यसैले म त झन् बाँच्नै पर्याे नी।" तब उनी पनि झट्टै एउटा भिरेर फुत्तै हाम्फालिहाले । अब बाँकी ती प्रीस्टले बालक तिर हेर्दै भने, "हेर बाबु मैले लामाे र पुर्ण जीवन जिइसकेँ, तिमि सानै छाै, र तिम्राे अघि लामाे जीवन बाँकी छ । त्यसैले बाँकि एउटा प्यारासुट लिउ र

आफैलाई हियाएर धनी हुने अज्ञानी कोसिस–नेपाली लघु कथा

Image
कुनै एउटा गाउँमा एक गरीब मानिस बस्दथे, उनी यति गरिब थिए कि उनलाई आफ्नो हरेक दिनकाे राेजी-राेटीका लागि समेत धाै-धाै पर्दथ्याे । एक समयको कुरा हो, जब आलु फल्ने बेला आयो तब उनकै गाउँमा नजिकैका एक व्यापारी कृषकले उनलाई आफ्नो आलुको खेतमा केही दिनकाे लागि काम गर्न बाेलाए । उनी ती कृषककाे खेतमा आलु उखेल्ने काममा लागे । मेलाको पहिलाे दिन काम गरिसकेपछी ती कृषकले उनलाई पकाई खानको निम्ति ज्यालासंगै केही आलु पनि पोको पारिदिए, र उखेलेर सकेका खेतबाट आलुका सिलाहरु समेत बटुलेर लैजानु भनी अनुमति दिए । भनेजस्तै उनले त्यो दिन त्यहाँबाट आफ्नो निम्ति सिलाहरु समेत बटुले । मेला सकेर जब तिनी घर फर्किए तब उनकाे दिमागमा आफुपनि ती व्यापारी कृषक जस्तै धेरै पैसा कमाउने व्यक्ति बन्ने सपना जाग्न थाल्याे । त्यसका लागि उनी आफुले जम्मा गरेका ती आलु बेचेर ब्यापार तिर लाग्ने सोचे । उनले त्यस दिन कृषकले दिएका र बटुलेका सिला आलु पकाएर नखाई, अरूनै थाेरै केही खाएर सुते । दास्राे दिन पनि उठेर उनि आफ्नो कामतिर लागे, र अघिल्लाे दिन जस्तै त्याे दिनपनि उनले दिनभरि काम गरेको ज्याला संगै केही आलु पनि पाए । उनी घर फर्किए र त्यसलाई प