स्वार्थी चतुर्‍याँइले झन् खराबी निम्त्याउँछ–नेपालीमा जोक


एक जना डक्टर, एक बुद्धिजीवी, एकजना बालक र एकजना फादर (प्रीस्ट) कुनै विदाकाे दिनमा एउटा सानाे निजी विमानमा यात्रा गरीरहेका थिए । तब अचानक प्लेनले इन्जिनमा खराबी भएकाे संकेत देखायाे । पाइलटकाे सक्दाे काेसिसकाे बावजुद पनि समस्याको समाधान  नभएर प्लेन आकाशबाट तल खस्न थल्याे ।

अन्तत पाइलटले प्यारासुट लिए र प्यासेन्जरहरुलाई कराउँदै तपाइहरु पनि जतिस्क्दो छिटो प्यारासुट लिएर हाम्फाल्नुहोस् भनेर आफु चाही तुरून्तै हाम्फाली हाले । दर्भाग्यबस त्यहाँ अब तिनवटा मात्र प्यारासुटहरू बाँकी थिए ।

तब डक्टरले पनि एउटा प्यारासुट समातेर भने, "म त डक्टर हुँ जसले मानिसको जीवन बचाँउछ, त्यसैले मत बाँच्नु पर्छ" तब उनी पनि हाम फाले । त्यसपछी अर्का ज्ञानी व्यक्तिले भने, "म त बुद्धिजीवी पाे हुँ, यदि म मरेँ भने अज्ञानीहरुलाई ज्ञान कसले दिने त्यसैले म त झन् बाँच्नै पर्याे नी।" तब उनी पनि झट्टै एउटा भिरेर फुत्तै हाम्फालिहाले ।

अब बाँकी ती प्रीस्टले बालक तिर हेर्दै भने, "हेर बाबु मैले लामाे र पुर्ण जीवन जिइसकेँ, तिमि सानै छाै, र तिम्राे अघि लामाे जीवन बाँकी छ । त्यसैले बाँकि एउटा प्यारासुट लिउ र आफ्नो जीवन बचाऊ र असल र ठूलो मानिस बन ।" ती साना बालकले प्यारासुट समातेर ती प्रीस्टकाे हातमा राखिदिए अनि भने, "फादर फिक्री मान्नु पर्दैन, ती बुध्दिमान व्यक्तिले ज्यान जोगाउने हत्तारोमा मेराे ब्याग पाे भिरेर हाम्फालेछन्।”

मोरल: हाम्रा काम, अहाेदा र पदले हामिलाई महान र प्रतापी भनी चिनाउन सक्छ, तर हामिलाई असल व्यक्तिको रुपमा परिभाषित गर्न सक्दैन , तर अरुप्रतीको उचित व्यवहार गरेर जीउनु र असल मानिस भएर जीउनुले गर्छ ।

Comments

Popular posts from this blog

आफैलाई हियाएर धनी हुने अज्ञानी कोसिस–नेपाली लघु कथा

बोलेका शब्दहरु फिर्ता हुँदैनन् –नेपालीमा छोटो लघुकथा