बोलेका शब्दहरु फिर्ता हुँदैनन् –नेपालीमा छोटो लघुकथा

एक समयको कुरो हो, एकजना व्यक्तिको आफ्ना छिमेकीसँग कुनै मामलामा बहस पर्‍यो । बहस चलिरहँदा त्यतिकैमा उनले आफ्नो छिमेकीलाई केही नराम्रो शब्दहरू भनिदिए ।

तर केही समय पछि उनलाई आफ्नो गल्तीको महसुस भयो । उनले एक संत गुरुकहाँ पुगेर आफुले छीमेकीलाई बोलिपठाएका ती नराम्रा शब्दहरू कसरी फिर्ता लिन सकिन्छ भनेर राय मागे ।

ती संतगुरुले उनका हातमा प्वाँखहरुले भरिएको एउटा झोला थमाइदिए, र ऊनलाई  भने "गएर यी प्वाँखहरु यो सहरका फरक-फरक स्थानमा राखेर आउनु ।" 

पश्चतापी मनको बेचैनीमा ऊनी तुरुन्तै आफ्नो बाटो लागे, र गुरुले भने अनुसार ती प्वाँखहरु सहरका विभिन्न ठाउँहरुमा राखेर फेरि तिनै गुरुकहाँ फर्की गए ।

अनि ती संत गुरुले उनलाई भने "गएर ती सबै प्वाँखहरु एकठाउँ बटुली लिएर आउनु" उनी फेरि ती प्वाँखहरु बटुल्न हीँडे, तर उनले कुनैपनी प्वाँखहरु पाउन सकेनन् ।

जब खालीहात उनी गुरुकहाँ पुगे तब सतं गुरुले उनलाई त्यो यथार्थ बताइदिए की, कतिपल्ट हामिले बोलेका शब्दहरू ती प्वाँखहरुजस्तै हुन्छन् जोहरु फिर्ता हुन सक्दैनन् । 

मोरल: धेरपटक हामीले आफ्नो बोलीलाई काबुमा राख्न नसकेर खराब र अनुचित शब्द वा वाक्यहरु बोलिपठाउँछौँ जसले सुन्नेलाई ऊ आफु हेपिएको वा गिर्‍याइएको महसुस गराउछ ।

त्यतिबेला दुख्नेको मन दुखिसक्छ, तर हामिले बोलेका ती कुराहरु हामिले फिर्ता गराउन सक्दैनौं । त्यसैले बोल्नुभन्दा अगाडि सजग भएर कम्तीमा एकपल्ट सोच-विचार गरेर बोल्नु उचित हुन्छ ।

Comments

Popular posts from this blog

आफैलाई हियाएर धनी हुने अज्ञानी कोसिस–नेपाली लघु कथा

स्वार्थी चतुर्‍याँइले झन् खराबी निम्त्याउँछ–नेपालीमा जोक